नाइमा अटो शोमा 'काईयी ई-क्युट ०४' २५ लाख ९६ हजारमै

नाइमा अटो शोमा 'काईयी ई-क्युट ०४' २५ लाख ९६ हजारमै

काठमाडौं : काईयी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक वितरक जिओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई-मोबिलिटीले 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' मा 'काईयी ई-क्युट ०४' २५ लाख ९६ हजारमा दिने भएको छ।

एक्सपो पारेर  दुवैले सीमित अवधिका लागि सरल मूल्यमा सवारी दिने स्किम सार्वजनिक गरेका हुन्।

यो अफर नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा भृकुटीमण्डप, काठमाडौं – हल ए, स्टल A2 (प्रवेश गरेपछि दायाँतर्फको पहिलो स्टल) र काईयीका नक्साल, थापाथली, विराटनगर, पोखरा, भरतपुर, हेटौँडा, भैरहवा, दाङ, धनगढी, नेपालगन्ज, बिर्तामोड, वीरगन्ज लगायत प्रमुख शहरमा रहेको शोरूमहरूमा सीमित अवधिका लागि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।

अफरमा काईयी ई-क्युट ०४ को मूल्य २५ लाख ९६ हजार रुपैयाँ रहेको छ। गाडी किन्ने ग्राहकले थप नगद छुट, एक्सचेन्ज बोनस, अटो बीमा, एप्पल वाच समेत पाउन सक्ने कम्पनीले जानकारी दिएको छ।

३.३ kW चार्जर रहेको यसमा ६ वर्षसम्म निःशुल्क सर्भिस रहेको छ भने ८ वर्षको ब्याट्री वारेन्टी रहेको छ।

काईयी ई-क्युट ०४ को विशेषता

-२८.०८ kW क्षमताको शक्तिशाली मोटर

-आधुनिक डिजाइनसहित प्रिमियम विशेषताहरू

-फराकिलो आन्तरिक सजावट

-उत्कृष्ट ड्राइभिङ अनुभव

-१६५ मिमी ग्राउन्ड क्लियरेन्स

-समावेश गरिएको ३.३ kW फास्ट चार्जर

-४० kW सम्मको पीक पावर

-३६०° क्यामेरा सुविधा

-आफ्नो वर्गको सबैभन्दा ठुलो टायर साइज

साउन २१, २०८२ बुधबार १६:५०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।