नेप्सेको ओरालो यात्रा रोकिएन, दोहोरो अंकले घटिरहेको बजार १.९४ अंक घट्यो

नेप्सेको ओरालो यात्रा रोकिएन, दोहोरो अंकले घटिरहेको बजार १.९४ अंक घट्यो

काठमाडौं : निरन्तर ओरालो लागिरहेको सेयर बजारमा सामान्य सुधारहुँदै बुधवार परिसूचक १.९४ अंकले घट्यो। परिसूचक ३ हजार विन्दुमा पुगेपछि ओरालो लाग्न थालेको थियो। यो ओरालो यात्रा रोकिएको छैन।

मंगलबारको बजार ४१ अंकले घटेको थियो। बुधवार दिनभरको कारोबारमा नेप्से परिसूचक ०.०६ प्रतिशतले घटेर २८३२.६ बिन्दुमा पुगेर रोकियो।

बुधवार ३ सय २० स्टकहरूको ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँ बराबरको २ करोड १६ लाख ५७ हजार ७ सय ६ कित्ता सेयर कारोबार भयो।

मंगलबारको बजारमा ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँ बराबरको २ करोड २२ लाख ७ हजार १ सय ४२ कित्ता सेयर कारोबार भएको थियो।

बुधवार सेन्सेटिभ इन्डेक्स ०.३१ अंकले घट्यो। फ्लोट इन्डेक्स ०.११ अंकले बढ्यो भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०४ अंकले घट्यो।

बुधवार समाज वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, माहुली लघुवित्त र ट्रेड टावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो।

नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य २१५.१३ रुपैयाँले बढेर प्रतिकित्ता २३६७.२० रुपैयाँमा अन्तिम कारोबार भयो। माहुली लघुवित्तको सेयर मूल्य १४८.६४ रुपैयाँले बढेर प्रतिकित्ता १६३५.८० रुपैयाँमा अन्तिम कारोबार भयो। त्यसैगरी, ट्रेड टावरको सेयर मूल्य

प्रतिकित्ता ९५.६३ रुपैयाँले बढेर १०५२.९० रुपैयाँमा अन्तिम कारोबार भयो।

बुधवार थ्रिस्टार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै घट्यो। कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३३.३३ रुपैयाँले घटेर ८४७.७७ रुपैयाँमा अन्तिम कारोबार भयो।

रिलायबल संवृद्धि योजनको सेयर मूल्य प्रतिकित्ता ०.२६ रुपैयाँले घटेर ९.२४ रुपैयाँमा अन्तिम कारोबार भयो। समता लघुवित्तको सेयर मूल्य प्रतिकित्ता २९.३७ रुपैयाँले घटेर १०४८.५३ रुपैयाँमा अन्तिम कारोबार भयो।

बुधवार हिमालयन रिइन्स्योरेन्स लिमिटेड, एनआरएन इन्फ्रास्टक्चर, सिवम् सिमेन्ट र नाग्दी ग्रुप, बलेफि हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भयो।

साउन २१, २०८२ बुधबार १५:५४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।