धमाधम समातिन थाले सेयर कारोबारी, दीपेन्द्रपछि समातिए जयन्त

धमाधम समातिन थाले सेयर कारोबारी, दीपेन्द्रपछि समातिए जयन्त

काठमाडौं : सेयर कारोबारको ११ करोड रकम भुक्तानी नगरी ठगी गरेको आरोपमा सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ परेका छन्। सिप्रबी सेक्युरिजिका महाप्रबन्धक रहेका उनलाई बुधवार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरीले पक्राउ गरेको हो।

मिता मुरारका अग्रवाल र ज्योति अग्रवालले श्रीवास्तवविरुद्ध ठगीको जाहेरी दिएका थिए। उनीहरूले श्रीवास्तवले ११ करोड रुपैंया नदिई ठगी गरेको दाबी गरेका छन्। गत साता प्रहरीले अर्का सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई समेत पक्राउ गरेको थियो। अग्रवाललाई जिल्ला अदालत काठमाडौंले हाजिर जमानीमा छाड्न आदेश दिएपछि उनी रिहा भइसकेका छन्।
 

साउन २१, २०८२ बुधबार १५:४६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।