सामसङको नयाँ अफर, स्मार्टफोन किन्दा वाच र बड्समा ३२ प्रतिशतसम्म छुट

काठमाडौं : सामसङ नेपालले नयाँ ग्यालेक्सी स्मार्टफोनको खरिदमा ग्यालेक्सी वेरेबल उत्पादनहरूमा विशेष छुट दिने ‘मल्टी-बाइ’ अफर सार्वजनिक गरेको छ।
यो योजना अन्तर्गत ग्राहकले सामसङका नयाँ स्मार्टफोनहरू किन्दा ग्यालेक्सी वाच र बड्समा ३२ प्रतिशतसम्म छुट पाउनेछन्।
यो अफर सामसङको नयाँ फ्ल्यागशिप (जेड-सिरिज, एस-सिरिज), ए-सिरिज, र एम-सिरिजका स्मार्टफोनहरूमा लागू हुनेछ।
कम्पनीका अनुसार, यो अफरले प्रयोगकर्ताहरूलाई ग्यालेक्सी वाच र बड्सजस्ता स्मार्ट उपकरणहरू जोडेर आफ्नो ग्यालेक्सी इकोसिस्टम बनाउन प्रोत्साहन गर्नेछ, जसले स्वास्थ्य निगरानी, संगीत, र कार्यक्षमतामा उत्कृष्ट अनुभव प्रदान गर्दछ।
यो अफर सीमित अवधिका लागि नेपालभरका सामसङका अधिकृत स्टोरहरूमा उपलब्ध छ।
कम्पनीले सामसङ इन्स्टा फाइनान्स मार्फत ० प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ। यसका लागि ग्राहकले आफ्नो नागरिकता पेस गरे पुग्नेछ।
साउन २१, २०८२ बुधबार १३:५८:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।