नाइमा अटो एक्सपो २०२५ मा टीभीएसले प्रिमियम बाइक सार्वजनिक गर्दै

काठमाडौं : नेपालकै सबैभन्दा ठूलो अटो र मोबिलिटी प्रदर्शनी ‘नाइमा २०२५’ आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।
पाँच दिनसम्म चल्ने यस एक्सपोमा ५० भन्दा बढी अन्तर्राष्ट्रिय तथा स्थानीय ब्रान्डहरूको सहभागिता रहनेछ, जहाँ विद्युतीय सवारी, हाइब्रिड र वातावरणमैत्री मोबिलिटी समाधानहरू प्रदर्शन गरिनेछ।
यस एक्सपोमा टीभीएसले नेपाली बजारका लागि प्रतिक्षित प्रिमियम कन्सेप्ट मोटरसाइकल, आईसी इन्जिन तथा इलेक्ट्रिक स्कुटरको नयाँ सिरिज सार्वजनिक गर्ने भएको छ।
हल ‘बी’ स्थित टीभीएसको स्टल नम्बर एल-३९ मा रोनिन, स्पोर्टी एनटर्क, स्मार्ट इलेक्ट्रिक स्कुटर आईक्युब र जुपिटर लगायतका लोकप्रिय टु-ह्वीलरहरू प्रदर्शनमा राखिनेछन्।
यसका साथै, ब्रान्डको नवीनताप्रतिको प्रतिबद्धता झल्काउने कस्टम बाइक तथा फ्युचरिस्टिक कन्सेप्ट बाइकहरू पनि पहिलो पटक सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
टीभीएसले आफ्नो स्टलमा आउने अवलोकनकर्ताहरूका लागि विभिन्न आकर्षक कार्यक्रमहरू पनि राखेको छ। अवलोकनकर्ताहरूले दैनिक लक्की ड्रमार्फत आकर्षक उपहार जित्ने मौका पाउनेछन्।
साथै, स्टलमा आएर रजिस्ट्रेसन गर्ने हरेक सहभागीलाई टीभीएस प्रिमियम हेल्मेट प्रदान गरिनेछ। ग्राहकको विश्वास जित्ने उद्देश्यले सबै टीभीएस उत्पादनहरूमा लाइफटाइम वारेन्टीजस्ता विशेष योजनाहरू पनि यस पटकको मुख्य आकर्षण रहनेछन्।
नेपालको अटो इतिहासमा सबैभन्दा ठूलो इभेन्टका रूपमा स्थापित हुने अपेक्षा गरिएको ‘नाइमा २०२५’ मा टीभीएसले नयाँ पुस्ताका मोटरसाइकलहरू अनुभव गर्ने अवसर प्रदान गर्नेछ। कम्पनीले इच्छुक सबैलाई हल 'बी' स्थित आफ्नो स्टल एल-३९ मा भ्रमणका लागि आह्वान गरेको छ।
साउन २१, २०८२ बुधबार १२:०४:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।