एनएमबि बैंकद्वारा प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

काठमाडौं : एनएमबि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई विपद् उद्धारका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
मंगलबार रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले उपत्यका प्रहरी प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई उक्त सामग्री हस्तान्तरण गरे।
हस्तान्तरण गरिएका सामग्रीमा १६ फिटको सेल्फ-बेलिङ राफ्ट, रबर बोट, लाइफ ज्याकेट तथा अन्य आपतकालीन उपकरणहरू समावेश छन्।
मनसुनको समयमा बाढी, डुबान जस्ता विपद्को जोखिम न्यूनीकरण र उद्धारमा सघाउ पुऱ्याउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ। बैंकले शिक्षा, स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापन लगायतका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको बताएको छ।
हाल बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।
साउन २१, २०८२ बुधबार ११:११:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।