एनपीएलको दोस्रो संस्करणको मिनी अक्सनका लागि १५० खेलाडी सर्टलिस्ट, ३७ खेलाडी छानिने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी छनोटको प्रक्रिया सुरू भएको छ।
बुधबार नेपाल क्रिकेट संघले १५० खेलाडीको सर्टलिस्ट सार्वजनिक भएको छ। यी खेलाडीमध्ये ३७ जना खेलाडीले आगामी संस्करणको नेपाल प्रिमियर लिग खेल्न पाउनेछन्।
एनपीएलका लागि ४५८ खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए, जसबाट टोलीको रोजाइ र क्यानको प्राविधिक टोलीको मापदण्ड पूरा गर्ने १५० जनाको मात्र सर्टलिस्ट भएको हो।
आठ टोलीले गत सिजनका आफ्ना ५१ प्रभावशाली खेलाडीलाई रिटेन गरिसकेकाले अब बाँकी रहेका सीमित स्थानका लागि मात्र प्रतिस्पर्धा हुनेछ।
श्रेणी ‘ए’मा रहेका ८ शीर्ष खेलाडीमध्ये ४ जनाले मात्र टोलीमा स्थान पाउनेछन्। ११३ खेलाडी सूचीमा परेर पनि यसपटक एनपीएल खेल्नबाट वञ्चित हुनेछन्।
खेलाडीको मूल्य पनि उनीहरूको श्रेणीअनुसार तोकिएको छ। श्रेणी ‘ए’का खेलाडीका लागि अधिकतम १५ लाखको बोली लाग्नेछ भने श्रेणी ‘बी’ र ‘सी’का खेलाडीहरूका लागि अधिकतम क्रमश: १० र ५ लाखको बोली लाग्नेछ।
अक्सन यही साउन २४ गते शनिबार हुनेछ।
साउन २१, २०८२ बुधबार ११:०२:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।