८३०० एमएएचको ब्याट्री र ११.५ इन्चको डिस्प्लेसहित ‘अनर प्याड एक्स९ए’ नेपाली बजारमा सार्वजनिक, मूल्य कति?

काठमाडौं : ग्लोबल टेक्नोलोजी ब्रान्ड अनरले आफ्नो नयाँ ट्याब्लेट, अनर प्याड एक्स९ए, नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
आकर्षक डिजाइन र शक्तिशाली विशेषताहरूले भरिपूर्ण यो ट्याब्लेट विशेष गरी विद्यार्थी, व्यावसायिक र मनोरञ्जन प्रेमीहरूलाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, यस ट्याब्लेटमा ११.५ इन्चको ठूलो अनर फुलभ्यू डिस्प्ले रहेको छ, जसले भिडियो हेर्न, पढ्न वा मल्टिटास्किङ गर्दा उत्कृष्ट अनुभव प्रदान गर्दछ।
यसको पातलो र हलुका मेटल बडीले यसलाई प्रिमियम लुक दिनुका साथै बोक्न पनि सहज बनाएको छ।
कार्यसम्पादनका लागि यसमा शक्तिशाली स्न्यापड्रागन ६८५ (६ एनएम) चिपसेट जडान गरिएको छ। नयाँ म्याजिक ओएस ९.० अपरेटिङ सिस्टमसँगै आउने यो ट्याब्लेट चलाउँदा निकै सहज र स्मुथ अनुभव हुने कम्पनीको दाबी छ।
अनर प्याड एक्स९ए मा ८३०० एमएएच क्षमताको शक्तिशाली ब्याट्री दिइएको छ, जसले एक पटकको चार्जमा दिनभरको प्रयोग सुनिश्चित गर्दछ।
साथै, ३५ वाटको फास्ट चार्जिङ सुविधाले ट्याब्लेटलाई छिट्टै चार्ज गर्न मद्दत गर्छ, जसले गर्दा काम वा मनोरञ्जनमा कुनै रोकावट आउँदैन।
कम्पनीले अनर प्याड एक्स९ए को नेपाली बजारमा मूल्य रु २५,९९९ तोकेको छ। यो ट्याब्लेट देशभरका इफिक्स र अन्य आधिकारिक मोबाइल पसलहरूबाट खरिद गर्न सकिनेछ।
साउन २१, २०८२ बुधबार ०९:२२:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।