भूपरिवेष्टित राष्ट्रका लागि कनेक्टिभिटी न्याय हो, अनुग्रह होइन : प्रधानमन्त्री

आवाजा : प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकहरूका लागि ‘कनेक्टिभिटी’ न्याय भएको बताउँदै यो कुनै अनुग्रह नभएको स्पष्ट पारेका छन्।
तुर्कमेनिस्तानको आवाजामा आयोजित भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनलाई सम्बोधन गर्दै उनले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले एक्लिएको बताए।
सम्मेलनअन्तर्गत ‘व्यापार तथा यातायात सम्पर्क विस्तारमार्फत क्षेत्रीय सुरक्षा र सहयोग प्रवर्द्धन’ विषयक एक कार्यक्रममा उनले भने, ‘तटीय राष्ट्रहरूसँग यसको साँचो छ र सम्पर्क सञ्जाल खोल्नु उनीहरूको कर्तव्य हो।’
उनले अगाडि भने, ‘यो कुनै अनुग्रह होइन। हामीले अवरोधलाई नवप्रवर्तनमा बदल्नुपर्छ र यसलाई साझा समृद्धिको इन्जिन बनाउनुपर्छ।’
साउन २१, २०८२ बुधबार ०८:१५:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।