आठ महिनाका लागि बागमतीमा देउवाले किन बदले मुख्यमन्त्री ?

आठ महिनाका लागि बागमतीमा देउवाले किन बदले मुख्यमन्त्री ?

मकवानपुर : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्र बानियाले मंगलबार पद तथा गोपनीयताको शपथ खाए। एमालेसँगको सहकार्यमा आधा-आधा कार्यकाल बाँडेर काङ्ग्रेसबाट बहादुरसिंह लामा मुख्यमन्त्री भएका थिए। उनको कार्यकाल आठ महिना बाँकी हुँदा आफ्नै दलभित्रको विवादले बानिया मुख्यमन्त्री भए।

उनले शपथ लिएसँगै मंगलबार नौ मन्त्रीलाई नियुक्त समेत गरे। मंगलबार एमालेबाट डा.दिनेशचन्द्र देवकोटा, मधुसूदन पौडेल, किरण थापा, जयराम थापा, बिन्दु श्रेष्ठ र भरत केसी नियुक्त भए। काङ्ग्रेसबाट भने जम्मा दुई जना शिवराज अधिकारी र कृष्ण तामाङ मन्त्री नियुक्त भए।

दिनेशचन्द्रले भौतिक पूर्वाधार, किरणले स्वास्थ्य, जयरामले श्रम, रोजगार तथा यातायात, विन्दुले उद्योग वाणिज्य तथा प्रशासन र भरतले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्। काङ्ग्रेसबाट मन्त्री बनेका कृष्णले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाए पनि शिवराज भने जिम्मेवारीहीन छन्।

पार्टीभित्र विवाद बढेपछि लामाले नियुक्तिको प्रयास गरेका तीन जनाले शपथै खान पाएनन्। उनले नयाँ मन्त्री सिफारिस गरेपछि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा पिसाबमा इन्फेक्सन भएको भन्दै काठमाडौँ आएर अस्पताल भर्ना भए। शपथै रोकियो। जब लामा राजीनामा दिन राजी भए देवकोटाको इन्फेक्सन निको भयो। 

 लामालाई पार्टीको संसदीय दलको नेतामा पराजित गरे पनि उनले राजीनामा नदिने बताएपछि पार्टी सभापति शेरबहादुर देउवाले नै उनले नियुक्त गरेका तीन जनालाई मन्त्री बनाउने आश्वासमा राजीनामा दिएका थिए। तर मंगलबार उनले नियुक्तिको प्रयास गरेका तीन जना मन्त्रीमा परेनन्। 

साउन २०, २०८२ मंगलबार २२:१४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।