लाओसबाट बैंकक हुँदै काठमाडौं आएका दुई भारतीय सेतो हेरोइनसहित पक्राउ

काठमाडौं : लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंमा सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको जौनपुरका ३५ वर्षीय फिरोज अहमद र तमिलनाडुको इरोदस्थित तालिमनाडुका ३२ वर्षीय मौलेश्वर नन्जुन्दामूर्ति कुरानल भेल रहेका छन्।
ब्यूरोका अनुसार दुवै जना लाओसबाट बैंकक हुँदै काठमाडौँ आएका थिए। अहमदलाई साउन १७ गते र भेललाई साउन १८ गते पक्राउ गरिएको हो।
प्रहरी नायब उपरीक्षक एवं ब्यूरोका सहप्रवक्ता जीवन निरौलाका अनुसार दुवै जनाको साथबाट कुल ७ किलो ८०० ग्राम सेतो हेरोइन बरामद गरिएको छ।
उनीहरूविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ। हाल काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ।
साउन २०, २०८२ मंगलबार २१:२०:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।