नाडा अटो शो २०२५: ३५ कम्पनी सहभागी हुने, छुट्टै नेपाल पेभेलियन

काठमाडौं : नेपालको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२५ भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
युनिट्रीको प्रस्तुति रहने अटो शोमा "गो फर मोर" भन्ने नारासहित नवीनतम प्रविधि, स्मार्ट मोबिलिटी र आगामी पुस्ताका सवारी साधनहरू प्रस्तुत गर्ने आयोजकले मंगलबार जानकारी दियो।
नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा हुने प्रदर्शनीमा नेपाली अटोमोबाइल क्षेत्रका व्यवसाय, सरकार, ग्राहक र प्रविधिको साझेदारीद्वारा भविष्यको बाटो खोल्ने आयोजकले जानकारी दिएको छ।
मंगलवार सार्वजनिक कार्यक्रममा नाइमाले आयोजना गरेको अटो शो भन्दा फरक र आकर्षक देखिन्छ। अटो शोमा ऐतिहासिक गाडीहरूसँगै नेपालमा उत्पादित सवारी साधन र नवप्रवर्धकहरुलाई प्रोत्साहित गर्न विशेष व्यवस्था गरिएको देखियो।
अटो शोको प्रमुख आकर्षण
अटो शोमा १२ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधनका ब्रान्ड, ८ वटा दुइपांग्रे सवारी ब्रान्डसहित स्पेयर पार्ट्स, टायर, लुब्रिकेन्ट, ग्याजेट, वित्तीय सेवा प्रदायक सम्बन्धी ३५ कम्पनी सहभागी हुँदैछन्।
शोमा १ सय २५ वटा प्रदर्शनी कक्ष रहने र ३ लाखभन्दा बढी आगन्तुकले नाडा अटो शोको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ।
अटो शोमा ऐतिहासिक सवारी साधनहरूको विशेष प्रदर्शन विन्टेज मोटर शो ,मोरिस माइनर, फिएट,प्यूजो,बीटल ,मिनी कुपर, टोयोटा आरटी,टोयोटा आरटी४०, मर्सिडीज बेन्ज,माजदा फेमिलिया, टोयोटा एमआर२, भोल्क्सवागन बस, टोयोटा करोल्लाको ब्रान्ड सहभागी हुनेछन्।
अध्यक्ष करण चौधरीले स्वदेशमै निर्माण भएका सवारी साधन तथा प्रविधिको प्रदर्शनीका लागि मेड इन नेपाल" पविलियन राखिने, विदेशी ब्रान्ड तथा सहकार्यको सहभागितामा अन्तर्राष्ट्रिय व्यापार पविलियन , ईभी, स्मार्ट मोबिलिटी र भविष्यको प्रविधिमाथि केन्द्रित सेमिनार, कार्यशाला, अन्तरक्रिया गरिने बताए।
नवप्रवर्धकलाई प्रोत्साहन
प्रदर्शनीमा विश्वमै प्रसिद्ध स्वचालित चल्ने यन्त्र युनिट्री रोबोट डेमो, भविष्यको शहरी हवाई सवारी साधन समेत राखिने आयोजकको तयारी छ। चौधरीले अटो शोमा नवप्रवर्धकहरुलाई पनि प्रोत्साहित गरिने बताए।
प्रदर्शनीमा चारपांग्रे, दुइपांग्रे, व्यवसायिक सवारी, अटो पार्ट्स, वित्तीय सेवा आदि रहेको वर्गीकृत जोनहरू समेत रहने छ्न्। 'खल्ती' एपमार्फत अग्रिम अनलाइन टिकट खरिद गरेमा २० प्रतिशत छुट पाउने मंगलवारको पत्रकार सम्मेलनमा जानकारी गराइयो।
सञ्चारकर्मीहरूका लागि मिडिया डेक्स, सवारी व्यवस्थापन सहायताका लागि ट्रफिक केन्द्र, स्वास्थ्य, सुरक्षा, र अग्निनियन्त्रण टोली समेत राखिने आयोजक नाडाले बताएको छ।
अटो शोको टाइटल स्पोन्सर युनिट्रीले गरेको छ। को-स्पोन्सर: शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, पावर्ड बाई क्याम्पा कोला, मोबिलिटी पार्टनर य्याङ्गो,टिकटिङ पार्टनर खल्ती, इन्टरनेट पार्टनर: वर्ल्डलिंक, सर्भिलान्स पार्टनर सिसिटिभी नेपाल, अग्नि सुरक्षा पार्टनर हिमालयन सेफ्टी सोलुसन, हस्पिटल पार्टनर किस्ट हस्पिटल, हस्पिटालिटी पार्टनर: द प्लाजा र डोर प्राइज नेपाल ल्युब आयल लिमिटेड छन्।
शोमा सहभागी १२ जना भाग्यशाली विजेताले १ वर्ष निःशुल्क सर्भिसमा लुब्रिकेन्ट पाउने अटो शोको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेस प्रालिले गर्ने छ।
साउन २०, २०८२ मंगलबार २०:०२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।