नेप्से परिसूचक ४१ अङ्कले घट्दै २९ सय तल आयो, कारोबार रकम पनि घट्यो

काठमाडौं : तीन हजार पुगेर ओरालो लाग्न थालेको नेपाल स्टक एक्सचेञ्स (नेप्से) परिसूचक मंगलबार ४१ दशमलव ७८ अङ्कले घटेर दुई हजार ८ सय ३३ दशमलव ५७ को बिन्दु आएको छ। नेप्से एक दशमलव ४५ प्रतिशतले घटेको हो।
मंगलबारको कारोबारमा ३ सय २५ कम्पनीको दुई करोड २२ लाख सात हजार १ सय ४२ कित्ता सेयर एक करोड ३० लाख ९ सय ५३ पटक खरिदबिक्री हुँदा नौ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४ सय ८१ रुपैँया बराबरको कारोबार भयो।
लघुवित्त समूह शून्य दशमलव ४४ र म्युचुअल फन्ड शून्य दशमलव १७ प्रतिशतले बढ्यो भने अरु सबै समूहको उपसूचक घट्यो। बैंकिङ एक दशमलव ०८, विकास बैंक दुई दशमलव ४६, वित्त एक दशमलव ८५, होटल तथा पर्यटन शून्य दशमलव ९९, जलविद्युत् एक दशमलव ७१ र जीवन बिमा एक दशमलव ४२ प्रतिशतले घट्यो।
त्यसैगरी उत्पादन तथा प्रशोधन एक दशमलव ६३, निर्जीवन बिमा एक दशमलव २०, व्यापार एक दशमलव ८५ र अन्य समूह दुई दशमलव ७६ प्रतिशतले घट्यो।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
साउन २०, २०८२ मंगलबार १६:३९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।