बागमतीको मुख्यमन्त्री भए बानियाँ, आजै सपथ लिने

बागमतीको मुख्यमन्त्री भए बानियाँ, आजै सपथ लिने

काठमाडौं : इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनसहित बानियाँले सरकार गठनको दाबी प्रस्तुत गरेका थिए। ११० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ जना सांसदसहित कुल ६४ सांसदको समर्थन बानियाँलाई प्राप्त छ।

मकवानपुरका बानियाँ कांग्रेस बागमती प्रदेश समिति सभापति समेत हुन्। उनी बागमती प्रदेशको छैठौं मुख्यमन्त्री बनेका हुन।

पेसाले निर्माण व्यवसायी रहेका बानियाँ मकवानपुरबाट सांसद जित्ने पहिलो कांग्रेस नेता हुन्। उनी २०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद थिए।

साउन २०, २०८२ मंगलबार १५:१२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।