डिशहोमले ल्यायो भर्चुअल प्रिभिलेज कार्ड, ग्राहकले पाउनेछन् २५ प्रतिशतसम्म छुट

डिशहोमले ल्यायो भर्चुअल प्रिभिलेज कार्ड, ग्राहकले पाउनेछन् २५ प्रतिशतसम्म छुट

काठमाडौं : डिशहोमले आफ्ना सक्रिय ग्राहकहरूका लागि नेपालमै पहिलो पटक भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको छ।

‘माई डिशहोम एप’ मार्फत उपलब्ध हुने यो कार्ड प्रयोग गरी ग्राहकले विभिन्न होटल, रेस्टुरेन्ट, केबलकार तथा अन्य ब्रान्डहरूमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार, सुरुवाती चरणमा बर्गर हाउस, सिद्धार्थ हस्पिटालिटी ग्रुप, लुम्बिनी केबलकार, मौलाकाली केबलकार, अचार घर लगायत १० ब्रान्डका ३५ भन्दा बढी आउटलेटमा यो सुविधा उपलब्ध छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले यो कार्डमार्फत टेलिभिजन र इन्टरनेट सेवाबाहेक ग्राहकको जीवनशैलीमा थप मूल्य जोड्ने प्रयास गरिएको बताए।

‘यो सुविधाले ग्राहकको अनुभवलाई अझ उत्कृष्ट बनाउने हाम्रो विश्वास छ’, उनले भने।

डिशहोमले आगामी दिनमा १०० भन्दा बढी ब्रान्डमा यो सुविधा विस्तार गर्ने योजना राखेको छ। सक्रिय ग्राहकहरूले ‘माई डिशहोम एप’ डाउनलोड गरी त्यहाँ रहेको भर्चुअल कार्ड देखाएर साझेदार आउटलेटहरूमा छुट लिन सक्नेछन्।

साउन २०, २०८२ मंगलबार १३:५७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।