एन आई सी एशिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा १० प्रतिशत छुट

एन आई सी एशिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौं : एन आई सी एशिया बैंक र काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलबीच बैंकका ग्राहकहरूलाई अस्पतालका विभिन्न सेवा शुल्कमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौता अनुसार, एन आई सी एशिया बैंकका ग्राहकहरूले फ्रन्टलाइन हस्पिटलका सेवाहरूमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन्।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र हस्पिटलका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरे।

यो छुट सुविधा लिनका लागि ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ (मोबैंक) एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

यस सहकार्यले बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्नुका साथै डिजिटल भुक्तानी र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको छ।

फ्रन्टलाइन हस्पिटल नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि. अन्तर्गत सञ्चालित छ।

साउन २०, २०८२ मंगलबार १३:०५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।