सानिमा बैंकद्वारा पाटन अस्पताललाई विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग

काठमाडौं : सानिमा बैंकले पाटन अस्पतालमा उपचाररत विपन्न महिलाहरूको सहयोगार्थ आर्थिक प्रदान गर्ने सम्झौता नवीकरण गरेको छ।
सम्झौतापत्रमा अस्पतालका निर्देशक डा. रवि शाक्य र बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले हस्ताक्षर गरे।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक ‘नारी बचत खाता’ बापत मासिक रु. १ छुट्याएर ‘नारी राहत कोष’मा जम्मा गर्छ।
सोही कोषबाट २०७४ सालदेखि पाटन अस्पतालमार्फत विपन्न महिलाको उपचारमा सहयोग गर्दै आएको हो।
सानिमा बैंकका देशभर १३४ कार्यालय र १२७ एटीएम सञ्चालनमा छन्।
साउन २०, २०८२ मंगलबार १२:५३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।