एनसेलले सुरू गर्यो भोल्टे रोमिङ, यस्तो सेवा दिने नेपालकै पहिलो कम्पनी

काठमाडौं : एनसेलले भ्वाइस ओभर एलटीई (भोल्टे) अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरू गरेको छ। यस्तो सेवा प्रदान गर्ने एनसेल नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको छ।
यसले विदेश जाने एनसेल ग्राहक र नेपाल आउने विदेशी पर्यटक दुवैलाई फोरजी नेटवर्कमा उच्च गुणस्तरीय भ्वाइस कल र डेटा सुविधा प्रदान गर्दछ।
कम्पनीले भारतको एयरटेलसँगको सहकार्यमा त्यसतर्फ जाने आफ्ना ग्राहकका लागि ‘आउटबाउन्ड’ भोल्टे रोमिङ सुरू गरेको हो।
यसअघि देखि नै एनसेलले भारतको एयरटेल र जियो, चीनको चाइना मोबाइल, अमेरिकाको एटी एन्ड टी लगायतका सेवा प्रदायकका ग्राहकलाई नेपालमा ‘इनबाउन्ड’ भोल्टे रोमिङ सेवा दिँदै आएको छ।
एनसेलले यो सेवा विस्तारका लागि अमेरिकाका एटी एन्ड टी र भरिजोन, चीनका चाइना मोबाइल, जापानका सफ्टबैंक र क्यानडाका बेलजस्ता अन्य प्रमुख अन्तर्राष्ट्रिय कम्पनीहरूसँग पनि परीक्षण गरिरहेको जनाएको छ।
साउन २०, २०८२ मंगलबार १२:५०:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।