एनएमबि बैंकद्वारा गण्डकीको मानवसेवा आश्रमलाई सोलार सामग्री हस्तान्तरण

एनएमबि बैंकद्वारा गण्डकीको मानवसेवा आश्रमलाई सोलार सामग्री हस्तान्तरण

पोखरा : एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी प्रदेशको पोखरास्थित मानवसेवा आश्रमलाई सोलार सामग्री सहयोग गरेको छ। बैंकले आश्रमलाई एक हजार लिटर क्षमताको सोलार वाटर हिटर र सोलार बत्तीहरू हस्तान्तरण गरेको हो।

आश्रम परिसरमा आयोजित एक विशेष कार्यक्रममाझ बैंकले उक्त सामग्रीहरू हस्तान्तरण गरेको हो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा बैंकका संस्थापक शेयरधनीहरू राजेन्द्र कुमार बाटाजु, प्रा. डा. हरि पाठक, शालिकराम घिमिरे, विमल बहादुर कुँवर, ओम कुमार मुल्मीका साथै बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, गण्डकी प्रदेश प्रमुख दुर्गा राम पुरी लगायत अन्य कर्मचारीहरू र आश्रमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैंकले दिगो विकासलाई प्राथमिकता दिँदै यस वर्षको साउन महिनालाई ‘ग्रिन मन्थ’का रूपमा मनाइरहेको छ। सोही अभियान अन्तर्गत यो सामाजिक कार्य सम्पन्न गरिएको बैंकले जनाएको छ। बैंकले यस्तै किसिमका अन्य कार्यक्रमहरू देशका अन्य प्रदेशहरूमा पनि सञ्चालन गरिरहेको जानकारी दिएको छ।

एनएमबि बैंकले हाल देशभर आफ्ना २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

साउन २०, २०८२ मंगलबार १२:४६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।