सुनको मूल्य एकै दिन १९ सयले बढ्यो

सुनको मूल्य एकै दिन १९ सयले बढ्यो

काठमाडौं : साताको तेस्रो दिन सुनको मूल्य एकै दिन १९ सय रुपैयाँले बढेको छ।

सोमबारको तुलनामा मंगलबार सुन तोलाको १९ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघले अनुसार आज सुन मूल्य तोलाको एक लाख ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ। हिजो यो मूल्य एक लाख ९६ हजार ६ सय रुपैयाँ थियो।

यसका अलावा चाँदीको मूल्य पनि आज ह्वात्तै बढेको छ।

सोमबार तोलाको दुई हजार दुई सय ५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज २५ रुपैयाँ बढेर तोलाको दुई हजार दुई सय ८० रुपैयाँ पुगेको छ।
 

साउन २०, २०८२ मंगलबार १०:५५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।