पहिरोका कारण दाङ-सल्यान सडक अवरुद्ध

फाइल तस्बिर
दाङ : अविरल वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ।
दाङ-सल्यानको सिमाना नजिकै पहिरोले आज बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको कपुरकोट प्रहरी चौकीका प्रमुख टङ्केश्वर भट्टराई जानकारी दिए।
लगातारको वर्षाका कारण कपुरकोट गाउँपालिका-३ स्थित सडकखण्डमा पहिरोले सवारी आवागमन रोकिएका हुन्।
सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए। यात्रीलाई वैकल्पिक मार्ग वा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
साउन २०, २०८२ मंगलबार १०:२१:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।