उदयपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

उदयपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

गाईघाट : उदयपुरगढी गाउँपालिका-७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३-०१००-६ख ०५६१ नम्बरको ट्रक सोमबार साँझ दुर्घटना हुँदा गोठालोबाट घर फर्कँदै गरेका उदयपुर रौतामाई-७ का ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरको  घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा ट्रकका सहचालक दोलखा कालिञ्चोक गाउँपालिका-४ का ४० वर्षीय गोमे दर्जी घाइते भएका छन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले ट्रक चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-१४ का ५४ वर्षीय नवराज राउतलाई नियन्त्रणमा लिएको छ।

साउन २०, २०८२ मंगलबार १०:१६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।