ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई नजरबन्दमा राख्न सर्वोच्च अदालतको आदेश

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई नजरबन्दमा राख्न सर्वोच्च अदालतको आदेश

एजेन्सी : ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई नजरबन्द (हाउस अरेस्ट) मा राख्न आदेश दिएको छ।

उनीमाथि 'कू' अर्थात् सत्ता पल्टाउने षड्यन्त्र रचेको आरोपमा मुद्दा चलिरहेको छ।

बोल्सोनारोले भने आफूमाथि लागेको कथित 'कू' को षड्यन्त्रमा आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन्।

न्यायाधीश एलेक्जेन्डर डी मोरेसले बोल्सोनारोले गत महिना उनीमाथि लगाइएको प्रतिबन्धको पालना नगरेकाले यस्तो निर्णय लिइएको बताएका छन्।

यसैबीच, बोल्सोनारोको कानुनी टोलीले प्रतिबन्ध आदेशको उल्लङ्घन गरेको कुरा अस्वीकार गर्दै यस फैसला विरुद्ध पुनरावेदन गर्ने जनाएको छ।

अमेरिकाले ब्राजिलको सर्वोच्च अदालतको यस आदेशको निन्दा गरेको छ।

साउन २०, २०८२ मंगलबार ०९:२१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।