सशस्त्र प्रहरीमा एसएसपीदेखि डीएसपीसम्म ७७ अधिकृतको बढुवा सिफारिस (सूचीसहित)

सशस्त्र प्रहरीमा एसएसपीदेखि डीएसपीसम्म ७७ अधिकृतको बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं : सशस्त्र प्रहरी बलमा रिक्त रहेका विभिन्न पदमा ७७ जना अधिकृतलाई बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा समितिले सोमबार उनीहरूको नाम सिफारिस गरेको हो।

सिफारिस हुनेमा छ जना वरिष्ठ उपरीक्षक (एसएसपी), २२ जना उपरीक्षक (एसपी), १ जना प्राविधिक उपरीक्षक (प्राविधिक एसपी) र ४८ जना नायब उपरीक्षक (डीएसपी) रहेका छन्।

सशस्त्र प्रहरी मुख्यालयले बढुवा प्रक्रिया अगाडि बढाउन गत असार ३२ गते सूचना प्रकाशित गरेको थियो।

एसएसपीमा बढुवा सिफारिस हुनेहरू दोस्रो ब्याचका अधिकृत हुन् भने एसपीमा तेस्रो ब्याचका साथै सोही ब्याचको वैकल्पिक समूह र चौथो ब्याचबाट ज्येष्ठताका आधारमा सिफारिस गरिएको छ।

त्यसैगरी, डीएसपीमा बढुवाका लागि ९ औं ब्याचका अधिकृतहरू सिफारिसमा परेका छन्।

हेर्नुहोस् सूची:

साउन २०, २०८२ मंगलबार ०८:०४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।