दुर्गाले धरौटी बुझाए, आजै छुट्दै

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं आजै छुट्ने भएका छन्। उनी धरौटी बुझाएर डिल्लीबजार कारागार फर्किएका छन्।
बैंकिङ कसुर र राजावादी आन्दोलनको घटनामा उच्च अदालत पाटनले मागेको २८ लाख धरौटी बुझाएर उनी डिल्लीबजार कारागार फर्किएका हुन्।
तीनकुने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये ७ जना हाल हिरासतमा थिए। तीमध्ये प्रसाईंसहित ४ जनाले उच्च अदालतमा पुनरावेदन गरेका थिए भने बाँकी ३ जनाले पुनरावेदन गरेका छैनन्।
उच्च अदालत पाटनले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा। धवलशम्शेर राणालाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश सदर गरेको छ।
साउन १९, २०८२ सोमबार २१:३३:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।