विप्लव अधिकारीको नेतृत्वमा औषधि उत्पादक संघको नयाँ नेतृत्व चयन

काठमाडौं : विप्लव अधिकारीको नेतृत्वमा नेपाल औषधि उत्पादक संघ (एपोन) को नयाँ कार्यसमिति चयन भएको छ।
सोमबार भएको ३१ औँ साधरणसभाले अधिकारिको नेतृत्वमा सर्वसम्मत रुपमा १३ सदस्यीय कार्यसमिति चयन भएको हो।
सुरूमा अध्यक्ष र सदस्यमा उम्मेदवारी परेको भएपनि छलफल पछि सहमति भएसँगै निर्विरोध रुपमा कार्यसमिति चयन भएको हो।
संघको अध्यक्षमा अधिकारी चयन भएका हुन् भने सदस्यहरूमा प्रभात रुङ्गटा, पृथ्वी राज भण्डारी, सन्तोष बराल, गिरिराज पाठक, सुमित चन्द्र श्रेष्ठ, शैलेस वैध, पंकज तिवारी, ईश्वर भण्डारी, शरदचन्द्र ओझा, सजल राज रेग्मी र प्रवन दाहाल सर्वसम्मत रुपमा चयन भएका हुन्।
त्यसैगरी संघको नयाँ कार्यसमितिको पहिलो बैठकले वरिष्ठ उपाध्यक्षमा प्रभात रुङ्गटा, उपाध्यक्षमा पृथ्वी राज भण्डारी (निजु), महासचिवमा सन्तोष बराल, सचिवमा गिरिराज पाठक (गणेश) र कोषाध्यक्षमा सुमित चन्द्र श्रेष्ठलाई जिम्मेवारी दिएको छ। निवर्तमान अध्यक्ष महेश प्रधान कार्यसमिति सदस्यको रुपमा रहन्छन्। संघको कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।
साउन १९, २०८२ सोमबार २०:४१:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।