बहुविवाह सम्बन्धी कानुनमा छलफल गर्न गृहमन्त्रीले बोलाए विधयेक समितिको बैठक

बहुविवाह सम्बन्धी कानुनमा छलफल गर्न गृहमन्त्रीले बोलाए विधयेक समितिको बैठक
Filephoto

काठमाडौं : गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद् अन्तर्गतको विधयेक समितिको बैठक बोलाएका छन्।

मङ्गलबार बिहान ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा हाल चर्चामा रहेको मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनलगायतका विषयमा छलफल हुने जनाइएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको उक्त विधयेक सम्बन्धमा विभिन्न खाले विचार व्यक्त भइरहेका बेला विधेयक समितिका संयोजकसमेत रहेका गृहमन्त्री लेखकले बैठक आह्वान गरेका हुन। मन्त्री लेखकले उक्त विषयमा अध्ययनका साथै सरोकार भएका मन्त्री र उच्चस्तरीय सरकारी अधिकारीसँग छलफल गरिरहेको गृह सचिवालयले जनाएको छ।

साउन १९, २०८२ सोमबार २०:२०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।