दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं : उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको इजलासले सोमबार प्रसाईंलाई धरौटीमा छाड्ने आदेश दिएको हो। अदालतले बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न भनेको हो।
तीनकुने घटनासँग सम्बन्धित मुद्दामा पनि प्रसाईंलाई छुट्टै ३ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिइएको छ। सोही घटनामा पक्राउ परेका अन्य चार जनालाई समेत धरौटीमा छोड्न अदालतले आदेश दिएको छ।
तीनकुने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये ७ जना हाल हिरासतमा थिए। तीमध्ये प्रसाईंसहित ४ जनाले उच्च अदालतमा पुनरावेदन गरेका थिए भने बाँकी ३ जनाले पुनरावेदन गरेका छैनन्।
उच्च अदालत पाटनले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश सदर गरेको छ।
साउन १९, २०८२ सोमबार १९:२९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।