१२ कक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा सार्वजनिक गरेको छ। ६ बजे बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो। नतिजा अबको केही समयमै वेबसाइटमा राखिने बोर्डले जनाएको छ।
बोर्डका अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ विद्यार्थी नन-ग्रेडड भएका छन्। कक्षा १२ मा उत्तीर्ण प्रतिशत गत वर्ष भन्दा केहि सुधार भएको छ। यस वर्ष उत्तीर्ण हुने ९ प्रतिशतले बढेका छन्।
नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत हेर्न सकिने छ। राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न मिल्ने व्यवस्था गरिएको छ।
NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा हर्न सकिने छ।
परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी थिए। शिक्षकहरूले आन्दोलनका कारण ढिलाइ भएको १२ कक्षाको नतिजा बोर्डले आज सार्वजनिक गरेको हो।
साउन १९, २०८२ सोमबार १८:२३:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।