तुर्कमेनिस्तान उडेका प्रधानमन्त्री दुबईमा

तुर्कमेनिस्तान उडेका प्रधानमन्त्री दुबईमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान जाने क्रममा संयुक्त अरब इमिरेट्स (युएई) को दुबई पुगेका छन्।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल गएराति ११:५५ बजे फ्लाइ दुबईको उडानबाट काठमाडौंबाट प्रस्थान गरी स्थानीय समयअनुसार आज बिहान ३ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

विमानस्थलमा उनलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीसहित दूतावासका अधिकारीहरूले स्वागत गरे।

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा सम्मेलनमा सहभागी हुन लागेका हुन्।

तुर्कमेनिस्तानको अवाजा सहरमा यही साउन २० देखि २३ गतेसम्म उक्त सम्मेलन आयोजना हुँदैछ।

साउन १९, २०८२ सोमबार ०७:५८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।