इस्पोर्ट्स अन्तर्गत पब्जीमा नेपाली टिम नवौँ, पायो डेढ करोड पुरस्कार

इस्पोर्ट्स अन्तर्गत पब्जीमा नेपाली टिम नवौँ, पायो डेढ करोड पुरस्कार

काठमाडौं : साउदी अरेबियामा भइरहेको इस्पोर्ट्स विश्वकप अन्तर्गतको पब्जी मोबाइल विश्वकपमा नेपाली टिम पब्जी टिम होरा इस्पोर्ट्सले डेढ करोड बराबरको पुरस्कार जितेको छ।  प्रतियोगितामा  नवौँ स्थान हासिल गरेपछि टिमले करिब एक लाख २७ हजार अमेरिकी डलर बराबरको पुरस्कार जितेको हो।

प्रतियोगिताको फाइनलको अन्तिम दिनको अन्तिम खेलमा नेपाली टिमले चिकन डिनरसहित जितेर १८ खेलमा १०० अंक पाएर नवौँ  स्थान पाएको छ। नवौँ स्थान पाएपछि होराले ग्रुप स्टेजमा पुगे बापत २७ हजार ५ सय , सर्भाइभल स्टेजबापत २५ हजार, शो म्याचको १५ हजार र फाइनलको नवौँ स्थान पुगे बापत ६० हजार गरेर गरी १ लाख २७ हजार ५ सय अमेरिकी डलर जितेको हो।

साउन १८, २०८२ आइतबार २३:१४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।