४७ लाख मूल्य रहेको  दिपल एस०७ को नयाँ  संस्करण बजारमा, ग्राहकलाई पाँच वर्षसम्म विशेष सुविधा

४७ लाख मूल्य रहेको  दिपल एस०७ को नयाँ  संस्करण बजारमा, ग्राहकलाई पाँच वर्षसम्म विशेष सुविधा

काठमाडौं : दिपल ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले एसयूभी दिपल एस०७ को नयाँ  संस्करण एस०७ आईसीए बजारमा सार्वजनिक गरेको छ। बुधवार सार्वजनिक नयाँ संस्करणमा आधुनिक कनेक्टिभिटी, ताजा डिजाइन र प्रयोगकर्तालाई ईभीको अत्याधुनिक अनुभव दिने कम्पनीले दाबी गरेको छ। नेपालमा सार्वजनिक कार नेबुला ब्लु रङ्गमा उपलब्ध छ।

कम्पनीका अनुसार यसमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री रहेकाले ४ सय १० किलोमिटरसम्मको रेन्ज दिनेछ। यो सवारी किन्न चाहने ग्राहकले ‘फाइभ इयर जेरो ओनरशिप कस्ट स्किम’ अन्तर्गत पाँच वर्षसम्म अटोप्लस बीमा, आवधिक मर्मत, विद्युत् महसुल र सडक कर निःशुल्क पाउने कम्पनीले जानकारी दिएको छ।

एस०७ आईसीए मा ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, उच्च क्षमताको क्वालकम ८१५५ चिप, एल २.५ अटोनोमस ड्राइभिङ असिस्ट सिस्टम, १५.६ इन्चको सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेमलेस डोर र फ्लस ह्यान्डल, तथा १.९ वर्ग मिटरको प्यानोरामिक ग्लास रुफ जडान गरिएको कम्पनीले जानकारी दिएको छ। गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

साउन १८, २०८२ आइतबार २०:३१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।