माओवादीमा चर्कियो आत्मालोचनाको मुद्दा, प्रचण्ड र जनार्दनबीच आरोप प्रत्यारोप

माओवादीमा चर्कियो आत्मालोचनाको मुद्दा, प्रचण्ड र जनार्दनबीच आरोप प्रत्यारोप

काठमाडौं : माओवादी कर्न्द्रको स्थायी समिती बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रुपमा दिएका अभियब्यक्तीका लागि आत्मालोचना गर्नुपर्ने माग उठेपछि बैठक यसैमा केन्द्रित भएको छ। पार्टी नेतृत्व विरुद्ध शर्माले सार्वजनिक रुपमा दिएको अभिब्यक्तीले पार्टीमा नकारात्मक प्रभाव परेको र नेतृत्व विरुद्ध भ्रम फैलिएको भन्दै बैठकमा सहभागी केही नेताहरुले आत्मालोचना गर्न माग गरेका थिए।

सोमबारको बैठकमा शर्माले बोल्दै आफू आत्मालोचनाका लागि तयार रहेको तर  अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमा दिएको अभिव्यक्ति र पार्टी फुट्दैछ भन्ने प्रचार रेर नेता र कार्यकर्तालाई भ्रमित गर्ने काम गरेको भन्दै यसको जिम्मा अध्यक्षले पनि लिनुपर्ने माग गरेपछि विवाद बढेको छ।

उनले बैठकमा राजनीतिक अस्पष्टता, संगठनात्मक अराजकता, संगठनात्मक प्रणालीमा संकट आएको भन्दै यी सबै समस्याको समाधान पार्टीको विशेष महाधिवेशनबाट मात्र समाधान हुनसक्ने भन्दै विशेष महाधिवेशनको माग गरेका थिए। 

अहिले पार्टीको संगठन स्वचालित हुन नसक्नु र विधि सम्मत रुपमा परिचालन नहुँदा समस्या बढीरहेको उनको मत थियो। यसका लागि पार्टीको पुनर्संरचना र नयाँ सविधान आवश्यक रहेको बताएका थिए। उनले पछिल्लो समय पार्टी अध्यक्ष प्रचण्डले सत्ता घटकसँग गरेको दुईबुँदे सहमतीको समेत आलोचना गरेका थिए।

बैठकपछि बाहिरिनेक्रममा पार्टी अध्यक्ष प्रचण्डले आत्मालोचनाबारे बोल्दै जसले पार्टीमा गल्ती गरेको हो उसैले आत्मालोचना गर्नुपर्ने दाबी गरेका थिए। 

साउन १८, २०८२ आइतबार १७:५६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।