ऐना पहरामा बस दुर्घटना, दुई जना यात्रुको उद्धार

काठमाडौं : मुग्लिन-पोखरा सडकखण्डमा यात्रुवाहक बस दुर्घटना भएको छ। गोरखाबाट नारायणगढका लागि हिँडेको ग२ख १०७७ नम्बरको बस ऐना पहरामा दुर्घटनामा परेको हो। दुर्घटनाको विस्तृत विवरण आएको छैन।
तनहुँ प्रहरीका अनुसार बस मर्स्याङ्दी नदीको किनारमा उत्तानो परेको छ। घटनास्थलबाट दुई जनाको उद्धार गरिए पनि बसमा कति यात्री सवार थिए भन्ने यकिन भइसकेको छैन।
साउन १८, २०८२ आइतबार १७:४३:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।