भदौमा नेपाल फिटनेस एक्सपो-२०८२ हुँदै

भदौमा नेपाल फिटनेस एक्सपो-२०८२ हुँदै

काठमाडौं : क्लासिक फिटनेस एकेडेमीले अन्तर्राष्ट्रिय फिटनेस प्रदर्शनी ‘फिटनेस एक्स्पो, २०८२’ आयोजना गर्ने भएको छ।फिटनेससम्बन्धी बिजनेस कनेक्सन र नेटवर्किङ ग्रोथको उद्देश्य लिएर रिगल इभेन्टको व्यवस्थापनमा भदौ १४ गतेदेखि होटेल मल्लमा फिटनेस प्रदर्शनी आयोजना हुन लागेको हो।

‘नेपाल फिटनेस एक्स्पो, २०८२’ नेपालकै पहिलो अन्तर्राष्ट्रियस्तरको फिटनेस प्रदर्शनी भएको आयोजकको दाबी छ। आयोजक संस्था क्लासिक फिटनेस एकेडेमीका संस्थापक रोजल शाहीले एक्स्पो केवल फिटनेससम्बन्धी सामग्री र सेवाहरूको प्रदर्शनी मात्र नभई व्यावसायिक सञ्जाल विस्तार गर्ने प्लेटफर्म  भएको बताए।

प्रदर्शनकीले नेपाली फिटनेस उद्योगलाई व्यावसायिक रूपमा बलियो बनाउने र अन्तर्राष्ट्रियस्तरमा पुर्याउने उद्देश्य राखेको उनले जानकारी दिए। उनका अनुसार एक्स्पोमा ब्रान्ड प्रदर्शनी, पोषण, उपकरण, पोसाक र यससम्बन्धी सेवाहरूबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी सहभागी हुनेछन्। 

एक्स्पोमा फिटनेस अवार्ड शो पनि गरिने छ। राइजिङ एथलेटिक्स, वेस्ट एथलेटिक्स, वेस्ट कोच र लाइफटाइम अचिभमेन्ट गरी प्रमुख चार विधामा उक्त सम्मान प्रदान गरिने छ।

प्रदर्शनीमा भारत,  मलेसिया तथा अन्य एसियाली मुलुकहरूबाट प्रसिद्ध फिटनेस इन्फ्लुएन्सरहरू र व्यावसायिक प्रतिनिधिहरू सहभागी हुने बताइएको छ। फिटनेस इन्फ्लुएन्सरहरू र व्यावसायिक प्रतिनिधिहरूबाट फिटनेससम्बन्धी संक्षिप्त ट्रेनिङहरू र विशेषज्ञहरूबाट निःशुल्क स्वास्थ्य परामर्श उपलब्ध गराइने आयोजकले बताएका छन्। 

साउन १८, २०८२ आइतबार १७:३७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।