मैत्रीपूर्ण खेल खेल्न मेस्सी भारत आउँदै, कोलकातामा ७० फिटको प्रतिमा बन्दै

एजेन्सी : मैत्रीपूर्ण खेल खेल्न अर्जेन्टिनाका सुपर स्टार लियोनल मेस्सी तीन दिनका लागि भारत आउने भएका छन्। यो उनको दोस्रो भारत भ्रमण हो। भारतीय सञ्चारमाध्यमहरूका अनुसार डिसेम्बरमा उनी भारत आउन लागेका हुन्। उनी यस अगाडि सन् २०११ मा भारत आएका थिए।
डिसेम्बरमा हुने भ्रमणमा उनले कोलकाता, अहमदवाद, मुम्बई र दिल्लीको भ्रमण गर्ने कार्यतालिका रहेको छ। भ्रमणकोक्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्ने कार्यक्रम रहेको भारतीय मिडियाले जानकारी दिएका छन्। उनी मुम्बईको वानखडे स्टेडियममा सहभागी हुने भएकाले अहिले स्टेडियमको पुनर्निर्माण र रंगरोगनको काम भइरहेको छ।
भारतको कोलकाताको भिआइपी रोडमा उनको ७० फिट प्रतिमा बनिरहेको छ। उनको भ्रमणकै मौका पारेर प्रतिमा अनावरणको तयारी गरिएको छ। डिसेम्बर १३ मा कोलाताको इडन गार्डेन खेल मैदानमा हुने मैत्रीपूर्ण खेलमा उनी सहभागी हुँदैछन्।
साउन १८, २०८२ आइतबार १७:२९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।