प्रतिक्रियावादीलाई परास्त गर्न नयाँ विद्रोह आवश्यक छ, हामी त्यसको तयारी गर्दैछौं : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा आउँदा देखि अहिलेसम्म माओवादी पार्टी विभाजनको लागि अनेक षड्यन्त्रहरू भइरहेको बताएका छन्।
आइतबार ‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादीहरूले पार्टीलाई पटक-पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरू गर्ने र जालझेलहरू भइरहेको बताए।
उनले भने,‘हामी शान्ति सम्झौतामा आउँदादेखि नै प्रतिक्रियावादीहरूले हाम्रो पार्टीलाई पटक-पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरू गर्ने,जालझेलहरु गर्ने र लगानी गर्ने जस्ता काम गर्दै आएका छन्।’
त्यस्तै उनले प्रतिक्रियावादीलाई परास्त गर्न एकपटक फेरि नयाँ विद्रोहको आवश्यकता रहेको बताउँदै त्यसको तयारी पार्टीले गरिरहेको बताए।
उनले भने,‘एकचोटि फेरि नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अगाडि बढ्दै छौं। नयाँ खालको विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ भन्ने संकल्पका साथ हिडिरहेको छौं। मैले गर्ने प्रतिबद्धता पनि यही नै हो। र यसको तयारी पनि गरिरहेको छु।’
उनले सबै जिल्लामा हजारौंको संख्यामा सहिदहरूको रगत बगेको बताउँदै अध्यक्ष प्रचण्डले अहिले त्यसको महानता र कृतिलाई अपमानित गर्न ठूलो कसरत भइरहेको बताए।
साउन १८, २०८२ आइतबार १२:०३:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।