सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

शुक्रबार तोलाको १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा १ लाख ९६ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्यसँगै चाँदीको भाउ पनि बढेको छ। शुक्रबार तोलाको २ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

साउन १८, २०८२ आइतबार ११:४३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।