रवीन्द्र ढाँटले जिते एमएफएनको उपाधि, प्रधानमन्त्रीले दिए बधाई

रवीन्द्र ढाँटले जिते एमएफएनको उपाधि, प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं : म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटले बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका छन्।

भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै उनले च्याम्पियनसिप टाइटल जितेका हुन्। यो जितसँगै उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर समेत बनेका छन्।

जितसँगै रवीन्द्रको प्रोफेसनल रेकर्ड ८-१ पुगेको छ भने उनले कोरेनको पाँच खेलको जित यात्रा तोडेका छन्।

ढाटलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्। 

साउन १८, २०८२ आइतबार ०९:५३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।