‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रममा राजपरिवार पुग्दा...

‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रममा राजपरिवार पुग्दा...

काठमाडौं : ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने सन्देश लिएर हिमानी कोष र इन्टरनेशनल क्लबले ललितपुरको सानेपामा ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम गरेका छन्। कार्यक्रमको मुख्य आकर्षण भनेकै पूर्वराजा ज्ञानेन्द्र शाह र कोषकी अध्यक्ष हिमानी शाहको उपस्थिती रह्यो।

पूर्व राजपरिवारका अन्य सदस्यहरू पनि कार्यक्रममा देखिए। युवालाई स्वदेशमै उद्यम, सीप र व्यवसाय गर्न प्रेरित गराउने उद्देश्यले गरिएको कार्यक्रम आकर्षक बन्यो। पूर्वराजाले कार्यक्रममा राखिएका स्टल, साना उद्यमको प्रदर्शनीदेखि रमाइलो खेलकुदसम्म सबै चिज अवलोकन गरे। 

‘स्वदेशमै केही गर्ने सोच भएका युवालाई सल्लाह, सहयोग र सम्भावनाको संकेत दिन यो कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।

साउन १७, २०८२ शनिबार २०:४५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।