बन्धक मुक्त नभएसम्म युद्ध जारी रहने इजरायली सेना प्रमुखको चेतावनी

बन्धक मुक्त नभएसम्म युद्ध जारी रहने इजरायली सेना प्रमुखको चेतावनी

एजेन्सी : इजरायलका शीर्ष जनरल इयाल जमीरले  प्यालेस्टिनी इलाकामा बन्धकहरूको छिटो रिहाइ गर्ने वार्ता असफल भएमा गाजामा लडाइँ जारी रहने चेतावनी दिएका छन्।  

सेना प्रमुख लेफ्टिनेन्ट जनरल जमीरले गाजाका अधिकारीहरूलाई सम्बोधन गर्दै विज्ञप्ति मार्फत आगामी दिनमा बन्धकहरूको रिहाइका लागि सहमतिमा नपुगे युद्ध जारी रहने बताएका छन्।   

इजरायली सेनाले सार्वजनिक गरेको फुटेजमा जमीरले कमान्ड सेन्टरमा सैनिक र अधिकारीहरूलाई भेट्दै गरेको देखाइएको छ।

प्यालेस्टिनी सशस्त्र समूहहरूले यस हप्ता बन्धकहरूकोे दुईवटा भिडियोहरू सार्वजनिक गरेको जनाइएको छ। 

यस अघि युक्त राज्य अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा-युद्धविराम र बन्दकहरूको रिहाइको लागि आयोजित वार्ता सफल हुन नसके पछि हाल युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढी रहेको छ। 

यसैबिच सहायता एजेन्सीहरूले गाजानहरूले सहायतामा इजरायली प्रतिबन्धले उत्पन्न विनाशकारी अनिकालको सामना गरिरहेको चेतावनी दिएका छन्। तथापि, जमीरले यी आरोपहरूलाई अस्वीकार गर्दै गाजाका बासिन्दाहरूको हत्या र पीडाको जिम्मेवार हमास  भएको उल्लेख गरेका छन्। 

साउन १७, २०८२ शनिबार १९:२९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।