ग्यालेक्सी जेड फोल्ड ७ र जेड फ्लिप ७ को प्रि-अर्डर साउन २२ देखि सुरू हुने

काठमाडौं : सामसङ नेपालले आफ्ना नयाँ पुस्ताका फोल्डेबल स्मार्टफोनहरू ग्यालेक्सी जेड फोल्ड ७ र जेड फ्लिप ७ को प्रि-अर्डरको घोषणा गरेको छ।
हालै सम्पन्न ग्लोबल अनप्याक्ड कार्यक्रमपछि, नेपालमा साउन २२ गतेदेखि २९ गतेसम्म यी फोनहरूको प्रि-अर्डर गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
ग्यालेक्सी जेड फोल्ड ७ ले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजको रूपमा एआई प्रविधि, उत्कृष्ट क्यामेरा क्षमता र ग्यालेक्सी डिजाइको संयोजन ल्याएको छ।
यो डिभाइस खोल्दा इमर्सिभ ठूलो डिस्प्ले प्रदान गर्छ, जसले मल्टिटास्किङ, कार्यक्षमता र उत्पादकत्वलाई नयाँ उचाइमा पुर्यालउँछ। बन्द अवस्थामा अल्ट्रा स्मार्टफोनजस्तो अनुभव दिन्छ भने खुलेपछि ट्याब्लेटजस्तै सुविधा उपलब्ध गराउँछ।
ग्यालेक्सी जेड फिल्प ७ भने प्रयोगकर्ताको दैनिक जीवनशैलीसँग मेल खाने गरी डिजाइन गरिएको छ। सानो भए पनि शक्तिशाली अनुभव दिन सक्षम यो फोनमा फ्ल्यागशिप क्यामेरा, एज-टु-एज फ्लेक्स विन्डो, र आइकोनिक डिजाइन समावेश छन्।
नयाँ फ्लिप ७ मा अझ ठूलो ४.१-इन्चको फ्लेक्स विन्डो छ, जसले फोन नखोली नै एप्स, विजेट र नोटिफिकेसनहरूसँग सजिलै इन्टरएक्ट गर्न सकिने सुविधा दिन्छ। १.२५ मिमी मोटाइको बेझेलले स्क्रिनलाई अझ आकर्षक बनाएको छ।
फिल्प ७ को मुख्य क्यामेरा अब अझ स्थिर छ, रङहरूमा सटीकता दिइएको छ, साथै थर्मल म्यानेजमेन्ट र सफ्टवेयर अप्टिमाइजेसनमार्फत ब्याट्रीको आयु पनि बढाइएको छ।
साउन १७, २०८२ शनिबार १९:२२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।