किक बक्सिङको बेल्ट ग्रेडिङ : अन्तर्राष्ट्रिय अध्यक्षको उपस्थितिमा रेफ्री तथा प्रशिक्षक सेमिनार

किक बक्सिङको बेल्ट ग्रेडिङ : अन्तर्राष्ट्रिय अध्यक्षको उपस्थितिमा रेफ्री तथा प्रशिक्षक सेमिनार

काठमाडौं : विश्व फुल कन्ट्याक्ट किकबक्सिङ संगठनको अन्तर्राष्ट्रिय अध्यक्ष ब्रायन डब्लु बेकको विशेष उपस्थितिमा बेल्ट ग्रेडिङ, रेफ्री तथा प्रशिक्षक सेमिनार सुरु भएको छ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व खेलकुदमन्त्री बिराज भक्त श्रेष्ठ थिए। उनले सेमिनारमा खेलकुदको माध्यमबाट युवामा अनुशासन, आत्मविश्वास र नेतृत्व विकास हुने बताए। कार्यक्रममा किकबक्सिङ नेपालका तथा चिफ रेफ्री बिन्दा नेपाली सहित टिम उपस्थित थिए।

प्रशिक्षक, रेफ्री तथा विभिन्न डोजोबाट सहभागी खेलाडीहरूले प्रशिक्षणमा सक्रिय रूपमा भाग लिएका छन्। सेमिनारले नेपालको किकबक्सिङ खेलको गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने आयोजकको दाबी छ।

उक्त सेमिनारमार्फत प्राविधिक सीपको आदान–प्रदान, अन्तर्राष्ट्रिय मान्यताप्राप्त नियमहरूको अध्ययन, तथा प्रशिक्षकहरूको क्षमतावृद्धिमा केन्द्रित प्रशिक्षण प्रदान गरिने आयोजकले बताएका छन्।

बेकले कार्यक्रममा नेपालमा किक बक्सिङप्रतिको लगाव र समर्पण अद्भुत रहेको र यो सेमिनारले नेपालको किकबक्सिङ प्रतिभालाई विश्व मञ्चमा पुर्याउने लक्ष्य लिएको बताए।

कार्यक्रम समापनसम्म बेल्ट परीक्षण, रेफ्री तालिम र प्रशिक्षक स्तरको सेसनहरू सञ्चालन हुँदैछन्। शनिवारबाट चार दिने बेल्ट ग्रेडिङ, रेफ्री प्रशिक्षण तथा प्रशिक्षक तालिम सेमिनार किकबक्सिङ खेलको अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सीप र मूल्याङ्कन विधिमा केन्द्रित रहेको छ।

कार्यक्रममा सहभागी खेलाडीहरूलाई बेल्ट प्रमोसन परीक्षण मार्फत प्राविधिक तथा शारीरिक क्षमताको मूल्याङ्कन गरिनेछ भने रेफ्रीहरूलाई प्रतिस्पर्धा सञ्चालन, निर्णय प्रक्रिया र खेल नियमसम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक तालिम प्रदान गरिने आयोजकले बताएका छन्।

साउन १७, २०८२ शनिबार १७:४०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।