एमालेलाई सही ठाउँमा ल्याउन खोज्दा ‘तानाशाही शक्ति’ लगाएर मलाई निकालियो : भीम रावल

एमालेलाई सही ठाउँमा ल्याउन खोज्दा ‘तानाशाही शक्ति’ लगाएर मलाई निकालियो : भीम रावल

काठमाडौं : नेता भीम रावलले एमालेलाई सही ठाउँमा ल्याउन खोज्दा ‘तानाशाही शक्ति’ लगाएर आफूलाई निकालेको आरोप लगाएका छन्।

बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले सिद्धान्तबाट च्यूत भएर विधि, प्रणाली, सिद्धान्तमा नरहेको र सिद्धान्त ल्याउन खोज्दा आफूलाई निकालेको टिप्पणी गरेका हुन्। 

उनले भने, ‘मैले विद्रोह गरेको होइन, सिद्धान्तबाट च्यूत भएर उनीहरूले नै विद्रोह  गरेका हुन्। मैले ठिक ठाँउमा आउ भनेकाले निरङ्कुश र तानाशाही शक्ति लगाएर निकालियो। मैले जुन विधि, प्रणाली, सिद्धान्तमा पार्टी हिडेनन् भनेको थिए । त्यसको पुष्टि भएको छ।’

उनले नेपालका सबै राजनीतिक दलहरू राष्ट्रिय हित र मर्यादामा नरहेकाले सबै पार्टीभित्र भाडभैलो भएको बताए। 

‘म टिप्पणी गर्दिन। तर नेपालका सबै राजनीतिक दलहरू राष्ट्रिय हित र मर्यादामा छैनन्। पार्टीहरूले घोषित नीति, विधि केही पनि नमानेकाले यत्रतत्र सर्वत्र भाडभैलो त्यसकै कारण भएको हो,’उनले भने।

साउन १७, २०८२ शनिबार १५:३८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।