माछा मार्ने क्रममा पोखरीमा डुबेर एकजनाको मृत्यु

धरान : इटहरी उपमहानगरपालिका-१८ डकाहास्थित पोखरीमा डुबेर स्थानीय ४८ वर्षीय सञ्जिव चौधरीको मृत्यु भएको छ।
शुक्रबार साँझ करिब ६ बजे आफ्नै माछा पोखरीमा माछा मार्ने क्रममा चौधरी डुबेर बेपत्ता भएका थिए। घटनापछि सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको गोताखोर तथा विपद् व्यवस्थापन टोलीले खोजी गरेको थियो।
सो टोलीले साँझ करिब ७ः३० बजे मृत अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण मुख्यालय सुनसरीका प्रमुख निर्मलकुमार थापाले जानकारी दिए।
साउन १६, २०८२ शुक्रबार २२:०८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।