हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको विजेता घोषणा

काठमाडौं : हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफर अन्तर्गतको महा उपहार विजेता घोषणा गरेको छ।
बम्पर पुरस्कारस्वरूप ‘हुन्डाई भेन्यु १.२’ कार कुवेर कन्स्ट्रक्सन प्रा. लि. ले जितेको हो। दशैं-तिहारको अवसर पारेर भदौ ६ गतेदेखि कात्तिक २३ गतेसम्म सञ्चालन गरिएको यो अफर हुन्डाई नेपालकै सबैभन्दा लोकप्रिय योजनामध्ये एक बन्न सफल भएको कम्पनीको दाबी छ।
अफर अवधिभर ग्राहकहरूले नगद छुट, १ लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड, १ वर्षको सडक कर, कम्प्रिहेन्सिभ बीमा तथा एक्सचेन्ज बोनसजस्ता आकर्षक सुविधा पाएका थिए।
बम्पर विजेताको घोषणा साउन १५ गतेमा हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो। उपहार घोषणा कार्यक्रममा कन्स्युमर आई नेपालका अध्यक्ष विमल खनाल संयोजक रहेको प्यानलको उपस्थितिमा विधिवत रूपमा विजेता सार्वजनिक गरिएको हो।
लक्ष्मी इन्टरकन्टिनेन्टलले भव्य पुरस्कार जित्न सफल कुवेर कन्स्ट्रक्सनलाई बधाई दिँदै यो अफरमा सहभागी भएका सम्पूर्ण ग्राहकप्रति कृतज्ञता व्यक्त गरेको छ।
साउन १६, २०८२ शुक्रबार २०:५२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।