१०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशालाई कास्य पदक

१०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशालाई कास्य पदक

काठमाडौं : पलेशा गोवर्धनले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेकी छिन्।

मलेसियाको कुचिङमा भएको उक्त प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कास्य पदकधारी पलेशाले के-४४ विधाअन्तर्गत महिला ५७ किलोमुनिको तौल समूहमा उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कास्य पदक प्राप्त गरेकी प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए।

मलेसियामा जुलाइ २४ देखि अगष्ट १ तारिखसम्म भएको सो प्रतियोगितामा नेपालबाट पुरुष ५८ किलोमुनिको तौल समूहमा भरतसिंह महता र ६३ किलोमुनिको तौल समूहमा अमिर भ्लोन तथा महिला ४७ किलोमुनिको तौल समूहमा कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गरेका थिए। उक्त टोलीको व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ रहेका थिए।

साउन १६, २०८२ शुक्रबार १७:०३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।