एलएस अटोका दुई नयाँ इलेक्ट्रिक कार नेपाल भित्रिए

एलएस अटोका दुई नयाँ इलेक्ट्रिक कार नेपाल भित्रिए

काठमाडौं : नेपालको लागि आधिकारिक वितरक नेक्सन भेन्चरमार्फत एलएस अटोको दुई नयाँ इलेक्ट्रिक कारहरू नेपाली बजारमा भित्रिएका छन्।

कम्पनीले एलइभी ०५ (LEV05) र एलइभी एक्स (LEV X) नामका दुई मोडेल ल्याएको हो, जसलाई साउन २१ गतेदेखि सुरु हुने ‘नाइमा मोविलिटी एक्स्पो’ मा सार्वजनिक रुपमा प्रदर्शनी गरिनेछ।

एलइभी०५ एक प्रिमियम सेग्मेन्टको ह्याचब्याक इभी हो। यसमा ५६ किलोवाटअवरको ठूलो ब्याट्री प्याक जडान गरिएको छ, जुन सेग्मेन्टमै सबैभन्दा ठूलो मानिएको छ। 

७० किलोवाट क्षमताको मोटर रहेको यो कारले एकपटकको फुल चार्जमा करिब ४०० किलोमिटर सम्म रेन्ज दिने दाबी कम्पनीले गरेको छ।

एलइभी एक्स एलएस अटोको अल-ह्वील-ड्राइभ क्रसओभर एसयूभी हो। यसमा ७७ किलोवाटअवरको ब्याट्री प्याक र १९८ किलोवाट क्षमताको शक्तिशाली मोटर प्रयोग गरिएको छ। कम्पनीका अनुसार एलइभी एक्सले करिब ५५० किलोमिटर सम्मको रेन्ज दिनेछ।

यस एसयूभीमा २१० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ। एलइभी एक्स एलइभी वनको अल-ह्वील-ड्राइभ भर्सन हो र यसमा क्याबिनभित्र थप अपडेटेड सुविधाहरू प्रदान गरिएको छ।

यी दुबै इभी मोडेलहरूको मूल्य भने आगामी नाइमा मोविलिटी एक्स्पोमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

नेपालमा इलेक्ट्रिक भेहिकलको बढ्दो मागसँगै एलएस अटोले उच्च ग्रेडका र लामो रेन्ज दिने कारहरू भित्र्याउँदै प्रतिस्पर्धामा आफूलाई अग्रस्थानमा राख्ने लक्ष्य लिएको देखिन्छ।

साउन १६, २०८२ शुक्रबार १५:१८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।