सामसङद्वारा नेपालमा ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक, कति पर्छन् मूल्य?

काठमाडौं : सामसङले नेपाली बजारमा आफ्नो नवीनतम स्मार्टवाच, ग्यालेक्सी वाच८ सिरिज, सार्वजनिक गरेको छ।
अल्ट्रा-कम्फर्ट डिजाइन, व्यक्तिगत स्वास्थ्य निगरानीका लागि उन्नत सेन्सर र जेमिनी एआईको शक्तिलाई एकीकृत गर्दै यो सिरिजले स्मार्ट वेयरेबलको अनुभवलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको छ। ग्यालेक्सी वाच८ सिरिजलाई दिनभर लगाउन सहज हुने गरी डिजाइन गरिएको छ।
पहिलेभन्दा अझ पातलो र हलुका बनावटका साथै यसमा प्रयोग गरिएको प्रिमियम मेटल फ्रेम र छालालाई असर नगर्ने ब्यान्डले प्रयोगकर्तालाई आरामदायी अनुभव प्रदान गर्छ। यसको मिनिमलिस्ट शैली व्यायाम, अफिस मिटिङदेखि दैनिक पहिरनसम्म, सबै अवसरमा सुहाउँदो देखिन्छ।
यो सिरिजको मुख्य आकर्षण यसको उन्नत स्वास्थ्य निगरानी क्षमता हो। अपग्रेड गरिएको बायोएक्टिभ सेन्सरले मुटुको चाल, निद्रा र अन्य शारीरिक गतिविधिहरूको सटीक ट्र्याकिङ गर्दछ।
ग्यालेक्सी वाच८ सिरिजमा पहिलो पटक जेमिनी एआई एकीकृत गरिएको छ, जसले घडीको प्रयोगलाई झनै सहज बनाएको छ। अब प्रयोगकर्ताले स्वाभाविक भ्वाइस कमान्डमार्फत नै मेसेज पठाउने, व्यायाम सुरू गर्ने, वा सामसङ हेल्थबाट अपडेट लिने जस्ता कामहरू हात नचलाई गर्न सक्छन्।
ग्यालेक्सी वाच८ क्लासिक ४६ एमएमको सेतो रङको मूल्य ७४ हजार ९९९ तोकिएको छ भने ग्यालेक्सी वाच८ ४० एमएमको ग्राफइट रङको मूल्य ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ। यसका अलावा ग्यालेक्सी वाच८ ४४ एमएम फोनको मूल्य ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ। यो सिल्भर र ग्राफइट रङमा छ।
कम्पनीका अनुसार, ग्यालेक्सी वाच८ सिरिज हरेक जीवनशैलीसँग मिल्ने गरी तयार गरिएको छ। यसले प्रयोगकर्तालाई स्वस्थ रहन, सधैँ जोडी रहन र सन्तुलित जीवनतर्फ सार्थक कदम चाल्न प्रेरित गर्ने विश्वास लिइएको छ। यो सिरिज सामसङका आधिकारिक शोरुमहरू र रिटेल स्टोरहरूमा उपलब्ध छ।
साउन १६, २०८२ शुक्रबार १३:००:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।