ह्वाइट हाउसकी प्रवक्ताले भनिन्- ट्रम्पलाई अब नोबेल शान्ति पुरस्कार दिने बेला भयो

ह्वाइट हाउसकी प्रवक्ताले भनिन्- ट्रम्पलाई अब नोबेल शान्ति पुरस्कार दिने बेला भयो

एजेन्सी : ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समय भएको बताएकी छन्।

लेभिटका अनुसार, राष्ट्रपति ट्रम्पले इजरायल-इरान र भारत-पाकिस्तानबीचको द्वन्द्वसहित ६ वटा ठूला द्वन्द्व अन्त्य गराउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।

एक प्रेस ब्रिफिङका क्रममा उनले भनिन्, ‘डोनाल्ड ट्रम्पले अब थाइल्यान्ड र कम्बोडिया, इजरायल र इरान, रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कंगो, भारत-पाकिस्तान, सर्बिया र कोसोभो, तथा इजिप्ट र इथियोपियाबीचको द्वन्द्व अन्त्य गराउनुभएको छ।’

क्यारोलिन लेभिटले आफ्नो दाबीलाई थप बल दिँदै भनिन्, ‘राष्ट्रपति ट्रम्पले आफ्नो छ महिनाको कार्यकालमा औसतमा हरेक महिना एक शान्ति सम्झौता वा युद्धविराम गराउनुभएको छ। अब नोबेल शान्ति पुरस्कार दिने समय आएको छ।’

यसअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले पनि राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनका लागि सिफारिस गरिसकेका छन्।

साउन १६, २०८२ शुक्रबार ११:०९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।